सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलबाट दुई उत्कृष्टता अवार्ड प्राप्त गरेको छ। भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई कार्ड व्यवसायमा गरेको प्रदर्शनका आधारमा सम्मानित गरिएको हो। बैंकले ‘एक्सिलेन्स इन कन्जुमर प्रिपेड कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ अवार्ड प्राप्त गरेको छ। ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल