भारत सीमा क्षेत्र दार्चुलाको हुती आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साँझ ६ बजेर ३१ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु दार्चुलाको हुती आसपास नेपाल–भारत सीमा क्षेत्रमा रहेको केन्द्रले जनाएको छ।