मुगु : छायाँनाथ रारा नगरपालिकाले जातीय विभेद अन्त्य गर्दै सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।छायाँनाथ रारा नगरपालिकाको दलित ऐन, २०८० अनुसार नगरपालिकाले मंगलबार औपचारिक कार्यक्रम आयोजना गरी अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। आर्थिक सहयोग प्राप्त गर्नेमा छायाँनाथ रारा नगरपालिका–११ रोवाका २१ वर्षीय विकास विक र जुम्लाको पातारासी गाउँपालिका–५ लोरपाकी २१ वर