काठमाण्डु – भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले क्रिकेट जगत्मा सनसनी मच्चाउँदै एकै इनिङ्समा थुप्रै कीर्तिमान तोडेका छन् । कतारको दोहामा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईविरुद्ध उनले मात्र ५२ बलमा दोहोरो शतक पूरा गरेका हुन् । वैभव ५३ बलमा २०४ रन बनाएर आउट भए । उनको इनिङ्समा ७ चौका र २८ छक्का समावेश थिए ।