नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी दुई सरकारी निकायमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्युठानको सरुमारानी गाउँपालिका-४ का मगरले ओखलढुंगाको रुम्जाटार माध्यमिक विद्यालय र बुटवलस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा नियुक्ति लिन झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आयोगको दाबी छ ।