‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द

  • मङगलबार ९ मंिर २०८३ ११:२८ AM
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्नुपर्ने बहस भएको छ । समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दलाई हटाएर अन्य उपयुक्त शब्द राख्नुपर्नेमा जोड दिएका हुन् । सांसदहरुले ‘वेश्यावृत्ति’ शब्दलाई विस्तारै अन्य कानूनबाट पनि हटाउनुपर्नेमा जोड दिएका छन्