नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीमा आबद्ध हुने तथा पार्टीविरुद्ध गतिविधि गर्ने जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका नेताहरूलाई लक्षित गर्दै यस्तो आग्रह गरेका हुन् । पार्टीको विधान र निर्णय नमान्ने व्यक्तिले कांग्रेसको