काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर अधिग्रहण गरी आफ्नो सहायक कम्पनीका रूपमा कायम गरेसँगै कम्पनीको संस्थागत संरचना र व्यावसायिक यात्रामा नयाँ चरण सुरु भएको छ। यसै सन्दर्भमा कम्पनीको आठौँ वार्षिक साधारण सोमबार केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा सम्पन्न भएको छ। बैंकद्वारा संस्थापक शेयर अधिग्रहण सम्पन्न भएपछि आयोजित यो पहिलो वार्षिक साधारण सभा हो। समान्य प्रस्ताव तर्फ सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरणह