काठमाडौं : सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गरेको छ। सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग गर्ने उद्धेश्यका साथ सीताराम प्रसाईको स्मृतिमा स्थापित सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विधार्थी छात्रवृत्ति सिताराम सामुदायिक अंगे्रजी विद्यालय, मेचीनगर– १४, झापामा अध्ययनर