काठमाडौं : एसिया कप राइजिङ स्टार्स समूह ‘बी’ अन्तर्गतको समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’ विरुद्ध नेपालका बलर राशिद खानले ३ विकेट लिएका छन्। कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले पावरप्लेमा ३ विकेट गुमाउँदै ४७ रन बनाएको छ। पाकिस्तान ‘ए’ का र्शीष ३ का ब्याटर पेभेलियन फर्काउन नेपालका राशिद खानले ३ विकेट लिए। पाकिस्तानका ओपनर श्यामूल हुसैनले ६ रन बनाउँदै क्याच भए। माज सदाक