काठमाडौं : एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालविरुद्ध पाकिस्तान ‘ए’ ले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा पाकिस्तान ‘ए’ का कप्तान अब्दुल सामदले टस जितेर ब्याटिङको निर्णय लिएका हुन्। टस हारेको नेपालले पहिलो इनिङ्समा बलिङ गर्नेछ। नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको हार व्यहोरेको थियो। दोस्रो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थिय