एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा उत्कृष्ट योगदान पुर्याएको भन्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्रदान गरिएको हो। यी सम्मानले डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा बैंकले गर्दै आएका नवीनतम प्रयास र उपलब्धिलाई थप