गोरखा : चुमनुब्री गाउँपालिका ३ जगतकी ४९ वर्षीया लालमाया गुरुङ गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालिन् । उनीजस्तै विस्थापित भएकाहरू पनि पाल टाँगेर बसोबास गरिरहेका थिए ।त्रिपालमुनि बस्न थालेको डेढ महिनापछि मंगलबार बिहानै उत्तरी गोरखामा अचानक ठूलो हावाहुरी चल्न थाल्यो । बेमौसमी हावाहुरीले त्यही त्रिपाल पनि उडाएपछि उनको फेरि घरबास उठेको छ । ‘बिहान तीनबजेतिरबाट हाहाहुहुको ठूलो आवाज आएको थियो । फेरि बाढी आएछ कि भनेर उठेर