काठमाडौं : उत्तर प्रदेशको कन्नौजमा आगरा-लखनऊ एक्सप्रेसवेमा भएको सडक दुर्घटनामा चारजना विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा करिब ३५ जना घाइते भएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार ,तीव्र गतिमा रहेको ट्रकले सडक छेउमा पार्किङ गरिएको स्कुल बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो।दुर्घटनापछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेका थिए। घाइते बालबालिकालाई उपचारको लागि तिर्वा मेडिकल कलेज लगिएको थियो।स्कुलका प्रधानाध्यापक र एकजना बच्चा गम्भीर घाइते भएका छन् र उपचारको लागि कानपुर रिफर गरिएको छ।यसैबीच