प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । मंगलबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । ठेक्का रद्दबारे समितिमा उजुरी परेको थियो । उजुरीमा बोलपत्रका सबै प्रक्रिया पूरा भइसकेर आर्थिक