ब्राउन सुगरसहित तीनजना पक्राउ

  • मङगलबार ९ मंिर २०८३ १२:०० PM
झापा : झापाको दमकमा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर १० ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार राति करिब ९:३० बजेतिर दमक नगरपालिका–९ प्रधान टोलमा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा मारेको थियो  । प्रहरीले छापा मारेर स्थानीय २५ वर्षीय युनिक श्रेष्ठ र काठमाडौं महानगरपालिका–१० बस्न