टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) विश्वव्यापी जलवायु सहकार्यका दृष्टिले मिश्रित उपलब्धि र गम्भीर राजनीतिक गतिरोधका बीच टुंगिएको छ। पर्वतीय जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय वार्तामा स्थापित गर्न नेपालले महत्वपूर्ण कूटनीतिक पहल गरे पनि जलवायु वित्त, अनुकूलन सहयोग र जीवाश्म इन्धनबाट रूपान्तरणका विषयमा अपेक्षित सहमति जुट्न सकेन। अझ महत्वपूर्ण कुरा, ग्लास्गोमा सम्पन्न कोप–२६ देखि अभ्यासमा रहेको सम्मेलनका समग्र राजनीतिक प्रतिबद्ध