नेपालमै विकसित ‘सेल ब्रोडकास्ट’ प्रणालीको पहिलो परीक्षण सफल

  • मङगलबार ९ मंिर २०८३ ०५:३८ AM
काठमाडौं । विपद्का समयमा नागरिकलाई तत्काल पूर्वसूचना दिन नेपालमै विकास गरिएको सेल ब्रोडकास्ट प्रणाली (सीबीएस) को पहिलो चरणको प्राविधिक परीक्षण सफल भएको छ । गृह मन्त्रालयका अनुसार सोमबार साँझ ६ बजे नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण भवनमा उक्त प्रणालीको परीक्षण गरिएको हो । गृहमन्त्री सुदन गुरुङ र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा परीक्षण गरिएको