आज एकाबिहानै चलेको हावाहुरीले गोरखाको धार्चे गाउँपालिका– ५, सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ । हावाहुरीले धार्चे– ५, सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनको भनाइ छ ।