काठमाडौं : भारतले नेपाललाई कुल २ खर्ब ४० अर्ब रुपैयाँबराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। नेपालको विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाहरूका लागि भारतले आर्थिक सहायता उपलब्ध गराउन लागेको हो।प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणपछि जारी संयुक्त विज्ञप्तिमा भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँबराबरको विकास सहायता उपलब्ध गराउने उल्लेख छ। ‘जसमा नेपालको विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाहरूका लागि ५६ अर्ब अनुदान सहायता र ऊर्जा क्षेत्रका आयोजनाहरूका ल