काठमाडौं : संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) निर्धारित समयभन्दा दुई दिनपछि धकेलिएर टर्कीको अन्ताल्यामा कुनै औपचारिक सम्झौताबिना सकिएको छ। जीवाश्म इन्धन र जलवायु वित्तका विषयमा करिब २०० देशबीच गहिरो मतभेद देखिएपछि वार्तामा सहमति जुट्न नसकेको हो।नोभेम्बर ९ देखि टर्कीको अन्ताल्यामा सुरु भएको सम्मेलन नोभेम्बर २० मा सकिने तालिका भए तापनि २२ तारिखमा मात्र समापन भयो। थप ४० घण्टाभन्दा लामो समयसम्म चलेको वार्तामा पनि ठोस निष्कर्ष निस्कन सकेन। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरे