दैलेख : सरकारले लोपोन्मुख राउटे समुदायको संरक्षण र उत्थानका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ। राउटे समुदायको मौलिक भाषा, संस्कृति, परम्परागत ज्ञान, सीप र कलाको पहिचान तथा संरक्षण गर्दै जीवनस्तर उकास्न सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको हो। यसका लागि समुदायको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकता अध्ययन गरी विशेष विकास कार्यक्रमको खाका तयार गर्न छुट्टै अध्ययन कार्यदल गठन गर्ने तयारी गरिएको छ। सोमबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री