गृह श्रमिकको योगदानको मूल्यांकन गरी पहिचान र अधिकार सुनिश्चित गर्न आग्रह

  • सोमबार ८ मंिर २०८३ ०३:५५ PM
काठमाण्डु – गृह श्रमिकले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदानको उचित मूल्यांकन गर्दै उनीहरूको पहिचान, अधिकार तथा आर्थिक–सामाजिक समुन्नति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । गृह श्रमिक सरोकार समाज नेपालले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले गृह श्रमिकको योगदान अर्थतन्त्रको विकासमा विशिष्ट रहे पनि राज्यका नीति, कानुन र तथ्यांकमा उनीहरूले उचित स्थान पाउन नसकेको बताए ।