प्रधानमन्त्री बालेनको भ्रमणबारे परराष्ट्रमन्त्रीको ब्रिफिङ- नेपाल-भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

  • सोमबार ८ मंिर २०८३ ०९:०० PM
काठमाडौं : परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिपूर्ण रहेको बताएका छन्। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताए। उनले भारतसँगको सदियौं पुरानो घनिष्ठ, बहुआयामिक, सहयोगात्मक र जनस्तरको सम्बन्ध तथा सहकार्यलाई अझ बलियो बनाई दुवै देशका नागरिकले प्रत्यक्ष रूपमा अनुभूति र लाभ पाउने दिशामा भ्रमण केन्द्रित