हुम्लाको सिमकोटमा २२ वर्षीय युवक मृत भेटिए

  • सोमबार ८ मंिर २०८३ ०९:०० PM
हुम्ला : जिल्ला सदरमुकाम सिमकोटमा मुगुका एक २२ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्। मुगु जिल्ला खत्याड गाउँपालिका–४ स्थायी घर भएका पावर थापा सिमकोटमा जिप मालिककै घरमा मृत भेटिएका छन्। जिल्ला प्रहरी  कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालका अनुसार थापाले आइतबार दिउँसो टाउको दुखेको भन्दै औषधि सेवन गरिरहेको खबर प्राप्त भएको थियो। तर राति घरमै सुतेका उनी बिहान मृत अवस्थामा भेटिएका हुन्। थापा सिमकोट निवासी बिमल रावतको जिप चलाउँदै आएका थिए। उनको शव हाल जिल्ला अस्पताल हुम्लामा