काठमाडौँ। कलाकार अञ्जना बराइली अभिनीत चलचित्र ‘आशा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै निर्माण पक्षले चलचित्रको नयाँ प्रदर्शन मितिसमेत घोषणा गरेको छ । अञ्जना बराइलीले सामाजिक सञ्जालमार्फत चलचित्रको फर्स्ट लुक सार्वजनिक भएको जानकारी दिँदै आगामी फागुन १४ गते अर्थात् फेब्रुअरी २६ देखि देशभरका सिनेमा घरमा चलचित्र प्रदर्शन हुने बताएकी छन् । उनले चलचित्रको फर्स्ट लुकबारे दर्शकको प्रतिक्रिया पनि मागेकी छन् ।