काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसद केपी खनाललाई सर्वसाधारण नागरिकको फोनसमेत सहज रूपमा उठाउन आग्रह गरेकी छन् । जनताको समस्या र गुनासो सुन्न जनप्रतिनिधिले ह्वाट्सएपमा मात्रै फोन गर्ने विकल्प राख्न नहुने उनको भनाइ छ । तामाङले सोमबार दिउँसो १२ बजे फेसबुकमा पहिलो स्ट्याटस लेख्दै एउटा जनमुद्दा लिएर खनाललाई फोन गर्दा उनको स्वकीय सचिवले फोन उठाएको र खनालसँग कुरा गर्न ह्वाट्सएपमा फोन गर्न भनेको उल्लेख गरेकी थिइन् । ‘केपी खनाल भाइलाई एउटा जनमुद्दा लिएर फोन गरेको थिएँ । उहाँको स्वकीयले फोन उठाउनुभयो । खनाललाई फोन दिनुस् भन्दा ह्वाट्सएपमा कल गर्नुस्, ह्वाट्सएपबाहेक अरूमा कल उठाउनुहुन्न रे,’ उनले लेखेकी थिइन् । जनताबाट निर्वाचित सांसदले समेत आफ्नो कुरा राख्न इन्टरनेट आवश्यक पर्ने अवस्था भए सामान्य मोबाइल प्रयोग गर्ने सर्वसाधारण नागरिकले आफ्ना समस्या र गुनासा नेतासमक्ष कसरी पुर्याउने भन्ने प्रश्न उनले उठाएकी थिइन् । ‘एउटा जनताबाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न सञ्चार गर्न नेट चाहिने रहेछ भने टुकटुके मोबाइल चलाउने गरिब निमुखाले आफ्नो नेतासम्म गुनासो कसरी गर्न सक्नुहुन्छ