मारवाडी समुदायको कला, संस्कृति, परम्परा, वेशभूषा तथा खानाका परिकारको संरक्षण, प्रदर्शन र प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘मारवाडी महोत्सव २०८३’ आयोजना हुने भएको छ । प्रेस्टिज इभेन्ट्स मारवाडी समाजको आयोजनामा आगामी मंसिर १२ गते शनिबार काठमाडौंको भृकुटीमण्डप बगैँचा क्षेत्रमा एकदिने महोत्सव आयोजना गर्न लागिएको हो । आयोजकले पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिँदै नेपालमा लामो समयदेखि बसोबास