काठमाडौं : जेनजी आन्दोलनमा भएको घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण गर्न सरकारले अध्यादेश ल्याएको छ। मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको स्रोतले जानकारी दिएको छ।जेनजी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरिएको स्रोतको दाबी छ। सरकारले औपचारिकरूपमा भने यस विषयमा जानकारी गराएको छैन। स्रोतका अनुसार उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको छ।&n