झापामा बन्दैछ १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल

  • सोमबार ८ मंिर २०८३ ०१:०० PM
काठमाडौं । नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को आज संयुक्त रूपमा शिलान्यास गरिएको छ । भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल प्रविधिमार्फत रिमोट थिचेर परियोजनाको शुभारम्भ गरेका हुन् । नेपाल र भारत सरकारबीचको ‘सरकार–सरकार’ (जीटुजी) सम्झौताअन्तर्गत भारत सरकारको शतप्रतिशत अनुदान