काठमाडौं । चितवन को–ई समूहअन्तर्गतको मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो केबलकारको रुपमा परिचित मनकामना केबलकार आफ्नो २८ औं वर्षको सफल सञ्चालन पूरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीका अनुसार केबलकारले हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुहरूलाई केबलकार सेवा प्रदान गरिसकेको छ । यस समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमको रूपमा आफूलाई स्थापित गरेको छ । यस विशेष अवसरमा कम्पनीले स्वर्गीय संस्थापकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले देखाएको मार्गनिर्देशन र दूरदृष्टिलाई निरन्तरता दिने ... The post मनकामना केबलकार २९ औं वर्षमा प्रवेश, २ करोड १२ लाख बढी यात्रुलाई सेवा appeared first on Kalika Khabar.