जाजरकोट : जाजरकोटको भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भेरी नगरपालिका–३, पिपलडाँडाका ४३ वर्षीय बबी शाहको शव फेला परेको छ। सोमबार सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित बालुवासंग्रही नजिकै बाङ्गिरहस्थित भेरी नदीमा शाहको शव ८ दिनपछी फेला परेको हो।शाह गत सोमबार पिकनिक खान गएको समयमा भेरी नगरपालिका-१, छोटेबगरस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए। बेपत्ता भएदेखि नै उनको खोजीकार्य जारी रहेको थियो। एक सातापछि नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोट