काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सम्पन्न भएसँगै यस सिजनका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको चर्चा सुरु भएको छ। सुदूरपश्चिम रोयल्सले पहिलोपटक उपाधि जित्दै इतिहास बनायो। यसै प्रतियोगितामा केही खेलाडीले आफ्नो व्यक्तिगत प्रदर्शनबाट विशेष छाप छाडे।यस संस्करणमा विशेषतः नेपाली खेलाडीको चर्चा केही बढी सुनियो। अघिल्ला २ संस्करणमा विदेशी खेलाडी चम्किने लिग बनेको एनपीएलको यस संस्करणमा नेपाली खेलाडीको प्रदर्शनले टिमको जितसँगै समर्थकको मनमा पनि आफ्नो नाम कुँदे। कसैले बलिङमा विपक्षी ब्य