सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानप्रदत्त अधिकार क्षेत्रभित्र रहेर प्रदेश सरकारले आवश्यक ऐन तथा कानुन निर्माण गरिएको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ३ तहका सरकारका ऐन कानुन कार्यान्वयनका सन्दर्भमा सोमबार धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेशको क्षेत्राधिकारमै रही हालसम्म ६३ वटा ऐन निर्माण भइसकेका तथा केही निर्माणको प्रक्रियामा रहेको जानकारी