काठमाडौं : दुई दिन लम्बिएको विश्व जलवायु सम्मेलन (कोप–३१)को अन्तिम सत्रमा निकै तनाव देखिएको थियो। कोपको आयोजक टर्की र सह–आयोजक अस्ट्रेलियाले यस पटकको सम्मेलन राम्ररी सम्पन्न गर्न नसकेको आरोपसमेत लागेको छ।मुख्यतः जीवाश्म इन्धनको विषयमा सहमति नहुँदा कोप सम्मेलन बाझिएको थियो। इतिहासमा सबैभन्दा ठुलो सङ्ख्यामा अर्थात् ९२ हजारभन्दा धेरैको सहभागिता रहेको यस कोपमा सबै देशहरूले आ–आफ्नो अडान लिएका थिए ।जीवाश्म इन्धनसम्बन्धी निर्णयको प्रारम्भिक मस्यौदामा यसलाई कटौती गर्दै लैजाने उल्लेख गर