काठमाण्डु– सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई क्युंगबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा भएको भेटमा नेपाल–कोरिया सम्बन्ध, विकास सहकार्य, व्यापार, पर्यटन, ऊर्जा तथा लगानी विस्तारका विषयमा छलफल भएको हो। भेटमा सभामुख अर्यालले नेपाल वायुसेवा निगमको नेपाल–कोरिया उडान सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न राजदूतसँग आग्रह गरे।