रंगशाला निर्माण र सञ्चालनमा निजी क्षेत्रसँग सहकार्य गर्ने सरकारको योजना

  • सोमबार ८ मंिर २०८३ १०:२६ AM
काठमाडौं । सरकारले खेलकुद पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । रंगशाला निर्माण, स्तरोन्नति तथा खेलमैदान सञ्चालनमा निजी क्षेत्रलाई सहभागी गराउने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल भएको छ । सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको छलफलमा रंगशाला निर्माणको लगानी मोडेल, जग्गा लिजमा दिने प्रक्रिया र प्राविधिक मापदण्डबारे चर्चा