भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा भारत नेपालका लागि वर्षौंदेखि विश्वसनीय साझेदार रहँदै आएको बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटवार्तापछि मोदीले यस वर्ष तेल आपूर्तिसँग सम्बन्धित गम्भीर चुनौतीका बाबजुद पनि नेपाललाई इन्धन, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर राखेको बताएका हुन्। भारतको ‘छिमेकी पहिलो’ नीतिको भावनाअनुसार नेपाललाई आवश्यक वस्तुको