चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा पुनर्विचार गर्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

  • सोमबार ८ मंिर २०८३ ०९:१६ AM
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सोमबार भएको चलचित्र विधेयक, २०८१ माथिको छलफलमा उनले यस्तो बताएका हुन् । हाल चलचित्र क्षेत्रमा विदेशी लगानी बन्देज गरिएको छ । २०२६ सालको अवधारणाअनुसार चलचित्रमा विदेशी लगानी निषेध गर्ने व्यवस्था गरिए पनि अब त्यसको औचित्य र वर्तमान सान्दर्भिकताबारे समीक्षा आवश्यक रहेको मन्त्री तिमिल्सिनाले बताए । चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र लगानीका नयाँ सम्भावनालाई सम्बोधन गर्न सरकारले पुरानो कानुनी व्यवस्थालाई ... The post चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा पुनर्विचार गर्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना appeared first on Kalika Khabar.