काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा अडिएको हो।यसदिन ३६० वटा स्क्रिप्सको १ करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार ५९० रुपैयाँमा खरिदबिक्री भए। सेयर बजारमा सामान्य सुधार आएपनि कुनै पनि कुम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुने सकेन। मेन्छियाम हाइड्रोपावरको सेयर सर्वाधिक १०.५८ प्रतिशतले बढ्यो।माउन्टेन हाइड्रो नेपाल र बुंगल हाइड्रोपावरको सेयर