काठमाडौं : नेपाल पत्रकार महासंघले प्रस्तावित प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन, समाचार कक्षमा प्रहरी हस्तक्षेप बन्द गर्न र सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारहरूलाई पुनर्बहाली गर्न माग गर्दै १६ बुँदे प्रस्ताव पारित गरेको छ। काभ्रेको धुलिखेलमा मंसिर ५ र ६ गते आयोजित सरोकारवालाहरूसँगको सम्मेलन तथा बैठकले उक्त प्रस्ताव पारित गरेको हो। सम्मेलनले संविधान र कानुनद्वारा प्राप्त प्रेस स्वतन्त्रतालाई संकुचित पार्ने उद्देश्यले ल्याउन लागिएको प्रेस काउन्सिल अध्यादेश तत्काल फिर्ता लिन र मिडिया काउन