काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीले अयोध्या–जनकपुरधाम सीधा रेल सेवाको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्।दुई दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीमा भारतीय समकक्षी मोदीसँगको द्विपक्षीय भेटवार्तापछि ‘सरयू–कमला एक्सप्रेस’ नामक उक्त रेल सेवाको शुभारम्भ गरेका हुन्।करिब ६०४ किलोमिटर लामो दूरी तय गर्ने यो रेल सेवा साप्ताहिक रूपमा सञ्चालन हुनेछ। तालिका अनुसार रेल प्रत्येक सो