जनकपुरधाम : भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त रूपमा उद्घाटन गर्ने अयोध्या–जनकपुर रेल सेवाले दुई देशको सम्बन्ध थप बलियो हुने बताएका छन् ।योगी आदित्यनाथले अयोध्या र मिथिलाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अयोध्या–जनकपुरधाम रेल सेवाले थप टेवा पुर्याउने बताएका हुन् ।अयोध्याबाट जनकपुरधामसम्म सञ्चालन हुने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाबारे मुख