तानसेन : पाल्पामा सञ्चालन गरिएको दुईदिने ‘हेरिटेज राइड’ (सम्पदा यात्रा) मा १८ जिल्लाका १७६ जना साइकलयात्री सहभागी भएका छन्। पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो संस्करणको दुईदिने ‘पाल्पा हेरिटेज राइड–२०८३’ आयोजना गरिएको हो।पाल्पा जिल्ला साइक्लिङ संघको आयोजनामा भएको उक्त दुईदिने साइकल यात्रामा विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहसहित १३ जना महिला र १६३ जना पुरुषको सहभागिता रहेको थियो।देशभरका