इटहरी । सुनसरीको इटहरीमा गुडिरहेको कारमा आगलागी भएको छ । मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा एक्कासी आगलागी भएको हो । कारमा पाँचजना सवार थिए । सबै यात्रु सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । कारमा विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ । The post गुडिरहेको कारमा आगलागी appeared first on Kalika Khabar.