भुलभुलैयामा दलित अधिकार

  • सोमबार ८ मंिर २०८३ ०१:०० PM
नेपालको संविधान जारी भएको एक दशक पूरा भएसँगै संशोधनको बहसले औपचारिक प्रवेश पाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले २०८२ चैतमा गठित कार्यदललाई संशोधनका विषय पहिचान गर्ने र राष्ट्रिय सहमति जुटाउने जिम्मेवारी दिएको थियो।तर, दलहरूका आआफ्नै अडानका कारण यो प्रक्रिया सुरुमै विवादित बन्यो। राजनीतिक असमझदारीकै बीच कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रतिवेदन पेस गरिसकेको छ। पटक–पटकको राजनीतिक परिवर्तन र संविधान निर्माणको नेतृत्व गरेका पुराना शक्तिहरूलाई बेवास्ता गर