काठमाडौं: नेपाली बजारमा सोमबार सुन -चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ८०० रुपैयाँले बढेको हो।योसँगै प्रतिततोला सुन २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ४२ हजार ६ रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ३ हजार ११० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।