भेडेटार–रवि–राँके सडक निर्माणको गति बढाउन जनप्रतिनिधिको आग्रह

  • सोमबार ८ मंिर २०८३ ०१:०० PM
धनकुटा : भेडेटार–रवि–राँके सडक निर्माणको पछिल्लो अवस्था बुझ्न धनकुटा, पाँचथर र इलामका स्थानीय तहका जनप्रतिनिधि, आयोजना कार्यालयका इन्जिनियर, निर्माण कम्पनीका प्रतिनिधि तथा सरोकारवालाहरूले स्थलगत अनुगमन गरेका छन् ।आइतबार भेडेटारदेखि रवि हुँदै राँकेसम्म गरिएको अनुगमनका क्रममा जनप्रतिनिधिहरूले निर्माण कार्यलाई तीव्रता दिई तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका हुन् । अनुगमन टोलीमा धनकुटाको साँगुरीगढी र चौबिसे, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्द तथा इलामको माङ्सेबु