नयाँदिल्ली- प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा एक्लाएक्लै भेटवार्ता सुरु भएको छ। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री मोदीले सोमबार हैदरावाद हाउस परिसरमा औपचारिक स्वागत गरेलगत्तै दुई नेताबीच द्विपक्षीय वार्ता सुरु भएको हो। स्वागतका क्रममा दुवै प्रधानमन्त्रीबीच संक्षिप्त भलाकुसारी तथा शिष्टाचार अभिवादन आदानप्रदान भएको थियो। त्यसपछि उनीहरू एक्लाएक्लै