काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः सफा बनाउँदै काठमाडौंलाई सुरक्षित, हरियालीयुक्त र बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौं जलवायु कार्य सप्ताहलाई सम्बोधन गर्दै उनले नदी संरक्षण, बाढी नियन्त्रण, वायु प्रदूषण न्यूनीकरण र सहरी वातावरण सुधारका लागि संघीय सरकारका योजनाहरू सार्वजनिक गरेका